समाचार

काठमाडौंमा यस वर्षकै धेरै जाडो, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

kathmandu temperature

२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अत्याधिक चिसो बढेको छ । आज बिहानज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज बिहान मापन गरिएको तापक्रम यस वर्षकै सबैभन्दा कम तापक्रम हो । उपत्यकाको न्युनतम तापक्रम यसअघि गत मंसिर १४ गते ४ दशमलब ३ डिग्री सेल्सियस मापन भएको थियो ।

उपत्यकाको आइतबारको न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो । मौसम सफा भएका कारण आकाश खुल्दा तापक्रम घट्ने मौसमविद् सापकोटाले बताए । अबको केही दिन तापक्रम घट्ने क्रममै रहेकाले अझै चिसो बढ्ने विभागको अनुमान छ ।

सोमबार बिहान प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको छ । दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र हल्का बर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताए । यीबाहेक आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस