समाचार

दाङमा गुडिरहेको यात्रुबहाक बसमा आगलागी

bus ma aaglagi

२९ मंसिर, दाङ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए ।

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस