
२९ मंसिर, काठमाडौं । लास भेगस एयरपोर्टमा उडान भर्ने क्रममा रहेको अलास्का एयरलाइन्सको विमानको पखेटामा एक व्यक्ति चढेको कारण उनलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
फ्लाइट नम्बर १३६७ लास भेगस देखि पोर्टल्याण्डको यात्रा तय गर्ने क्रममा एक व्यक्तिले उक्त विमानको पखेटामा हिडिरहेको अबस्थामा सो विमानको पाइलट लगायत एयरपार्टका स्टाफले देखेका थिए ।
सो व्यक्ति विमानको सतहमा हिडिरहेको दृश्य विमानभित्र रहेका यात्रुले आफ्नो क्यामेरामा कैद गरेका थिए । विमानको सतहमा चढ्नु भन्दा अगाडी उनले आफ्नो जुत्ता र मोजा फुकालेका थिए ।
उनलाई सतअबाट प्रहरीले ओर्लिन भनेका थिए र त्यसपश्चात उनलाई लास भेगस प्रहरीले नियन्त्रणमा लिएका थिए । उक्त विमानलाई पुनः जाँचको प्रक्रियामा लगिएको थियो । विमान केही बेर पश्चात उडान भरको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस