समाचार

मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या !

toran bdr khadka

२८ मंसिर, बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो ।

सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामक तालिम प्राप्त कुकुर झिकाई आइतबार विहान ६ बजेको समयमा घटना स्थलको अनुसन्धान गर्दा हत्यामा संलग्नलाई पत्ता लगाइएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

‘उनीहरुसँगै बसेर मादक पदार्थ सेवन गरेका रहेछन्, थप रक्सी ल्याउन ५० रुपैयाँ माग्दा नदिएपछि वादविवाद भई तोरणबहादुरले ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा सुशिलाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘घटना भएको ९ घण्टाभित्रै अनुसन्धान गरी अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस