अर्थनीति

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर

today gold price

२९ मंसिर, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने सोमबार पनि आइबारकै मूल्य १२ सय रुपैयाँ प्रतितोला कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको बिहीबारदेखि आइतबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *