समाचार

काभ्रेको पाँचखालाबाट ३८ तोला सुन चोरेर भागेका पाँचजना ठमेलको डिस्कोबाट पक्राउ

chori

२९ मंसिर, काठमाडौं । काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् । उनीहरुलाई ठमेलस्थित ड्रागन डिस्कोबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेको धुलिखेल नगरपालिका-१ का २३ वर्षीय राम तामाङ, धुलिखेल-७ का १८ वर्षीय हुइबहादुर तामाङ, धुलिखेल-१ का १८ वर्षीया राजन तामाङ, ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षीय देवराज दाहाल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ वर्षीय रामचन्द्र चालिसेलाई पक्राउ गरेको हो ।

शनिबार पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर भागेका पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं का प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टले जानकारी दिए । तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

प्रहरीका अनुसार यस घटनाका मुख्य योजनाकार राजन तामाङ हुन् । ओखलढुंगाका देवराज दाहालको साथबाट २३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस