मनोरञ्जन ताजा समाचार

बुद्धिसागर बस्यालको ‘दुलही सम्झेर’ गीत सार्वजनिक (भिडियो)

dulahi samjherw music video - durgesh thapa

२९ मंसिर, काठमाडौं । वरिष्ठ लोक दोहोरी गायक तथा कुशल सर्जक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलही सम्झेर’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा बस्याललाई स्वरमा गायिका देवी घर्तीले साथ दिएकी छन् ।

एक नारायण भण्डारीको शब्द र बीबी अनुरागीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा दुर्गेश थापा र इस्तु कार्कीको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा दुर्गेश र इस्तु नवविवाहित जोडीको रुपमा प्रस्तुत भएका छन् ।

गत तिजमा ‘चस्मा लाएर’ गीत ल्याएका बस्यालका बाजेका पालामा, छमछम पाउजुले, डाँफे नाचेर, बुढेस कालैमा लगायतका दर्जनौं गीत हिट छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस