बैँक / वित्त

प्रभुु क्यापिटलको विन्टर अफरः अनलाइनबाटै फ्रि डिम्याट खाता

prabhu capital winter offer

२९ मंसिर, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि मंसिर २४ गतेदेखि पौष मसान्त भित्र खाता खोल्दा एक वर्षको लागि फ्रि डिम्याट खाता योजना ल्याएको छ ।

केही समय अगाडि सञ्चालन गरेको ३ वर्षे फ्रि डिम्याट खाता योजनामा ग्राहकहरुको सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि फ्रि डिम्याट खाता योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाइनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस