सूचना प्रविधि

मोटोरोलाको दुई स्मार्टफोन सार्वजनिक, के छन् विशेषता, कति पर्छ मूल्य ?

motorola new phone 2020

२९ मंसिर, काठमाडौं । मोबाइल कम्पनी मोटोरोलाले एकै साथ दुई स्मार्टफोन भित्र्याएको छ । ती ‘मोटो जि नाइन प्ले’ र ‘मोटो इ सेभेन प्लस’ हुन् । मोटो जि नाइन प्ले’ ६.५ इञ्चको डिस्प्लेमा उपलब्ध छ ।

एउटा ४८ एमपिको प्राइमरी सेन्सर सहित २ एमपीको डेप्थ र २ एमपीको म्याक्रो गरी तीन क्यामरा दिइएको छ । सेल्फी खिच्न ८ एमपीको लेन्स छ । ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनको मूल्य १९ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ ।

‘मोटो इ सेभेन प्लस’ ६.५ इञ्चको डिस्प्ले दिइएको छ। मुख्य क्यामरा ४८ र सहायक क्यामरा २ एमपीको छ । सेल्फी खिच्नको लागि ८ एमपीको लेन्स दिइएको छ । ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनको मूल्य १६ हजार ५ सय ९० रूपैयाँ तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस