विश्व/प्रवास

प्रवासी बोकेको डुङ्गा दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

ship accident

२९ मंसिर, काठमाडौं । त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेको एक सानो जहाज दुर्घटना हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ ।

भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाइ भेरेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ । एक प्रहरीले दिएको प्रतिवेदनअनुसार शवहरु गह्रौं छालबाट आफूलाई बचाउँने क्रममा जोडिएका जस्तो देखिएको  छ । सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० व्यक्ति बेपत्ता भएका जनाइएको छ ।–एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस