अर्थनीति

मनकामना केबलकार पूनः सञ्चालनमा, डिजिटल माध्यमबाटै टिकट खरिद गर्न सकिने

Manakamana

२९ मंसिर, गोरखा । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पूनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो ।

आइतबार बिहान ९ बजेदेखि केबलकारको सेवा संचालन सुरु गरिएको थियो । केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको जनाएको छ । केबुलकारका दुवै स्टेसनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने आदि व्यवस्था मिलाइएको बताइएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने समेत जनाएको छ ।

कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिनेछ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा बिहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत ल्याइने केबुलकारले जनाएको छ । केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ ।

केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगद रहित कारोबारको लागि इ–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस