समाचार

सरकारले वार्तामा बोलायो चिनी उद्योगीलाई

udhog banijya

२९ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ । आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा आन्दोलन थालेका किसानहरुको आन्दोलनको दोस्रो दिन मन्त्रालयले आरोपित चिनी उद्योगहरुलाई वार्तामा बोलाएको हो ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वार्ता अहिले मन्त्रालयमा जारी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैंकुण्ठ अर्यालले जानकारी दिए । कसरी पीडित किसानको भूक्तानी चाडो भन्दा चाडो दिन सकिन्छ सो सम्बन्धमा सम्बन्धित चिनी उद्योगीहरुसँग छलफल शुरु भएको सचिव अर्यालको भनाई छ ।

उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीसंगको छलफलमा सहभागी हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आन्दोलनरत किसानहरुलाई पनि वार्तामा बोलाएको थियो । तर उनीहरुले आफूहरुको बक्यौता रकम लिएर माइतीघरमा मन्त्री आउनुपर्ने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस