२९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकार विरुद्ध सडकमा प्रदर्शन गरेको भन्दै कांग्रेसलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेखेर डाक्टर भट्टराईले सरकारको निरङ्कुशता र कुशासनविरुद्ध उत्रिएको भन्दै कांग्रेसलाई बधाई दिएका हुन् ।
‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई !’ भट्टराईले भनेका छन् । उनले जसपा पनि पार्टी समायोजनको काम सकेर छिट्टै सडक र सदनबाट गर्जने बताएका छन् । त्यस्तै उनले अब सदन बोलाउन पनि पहल गर्न भनेका छन् ।
‘लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्,’ उनले लेखेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिट्टै पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा गर्जन्छ !’
ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ!
— Baburam Bhattarai (@brb1954) December 14, 2020