मनोरञ्जन ताजा समाचार

पौष १० गतेबाट सिनेमा हल खोल्ने नेपाल चलचित्र संघको घोषणा

chalchitra shange

२९ मंसिर, काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि सिनेमा हल खोल्ने घोषणा गरेका छ ।

गत चैतमा लकडाउन गरेयता सिनमा क्षेत्र बन्द छ । सरकारले तत्काल हल खोल्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन । बारम्बार सिनेमा हल खोल्न अनुरोध गरे पनि सरकारले चासो नदिएपछि संघले आगामी पुस १० गतेबाट हल खोल्ने निर्णय गरेको हो ।

संघले आज पत्रकार सम्मेलन गर्दै सरकारलाई दबाब दिन निर्णय गरिएको जानकारी दिएको छ । महामारीका कारण सबैभन्दा बढी चलचित्र क्षेत्र प्रभावित भएको भन्दै संघले सरकारलाई दबाब दिन हल खोल्ने निर्णय गरिएको संघका अध्यक्ष मधुसूदन प्रधानले बताए ।

वर्तमान समयमा लकडाउन पूर्णरूपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटल, रेस्टुरेन्ट, मन्दिर, चिडिया घर, व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरूपमा सञ्चालनमा आइसकेको तर चलचित्र क्षेत्र अझै बन्द गरिएको भन्दै आक्रोश व्यक्त गरे। चलचित्र हल सञ्चालनका लागि चलचित्रकर्मीहरूले सरकारसमक्ष आग्रह गरेका थिए । तर, सरकारले आजसम्म पनि चलचित्र हल सञ्चालन गर्ने विषयमा कुनै चासो नदिएको उनको भनाइ छ ।

सरकारले चाँसो नदिँदा बाध्य भएर स्वास्थ्य मापदण्ड अपनाउँदै पुस १० गतेदेखि हल सञ्चालन गर्ने तथा चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए । चलचित्र संघका अध्यक्ष प्रधानका अनुसार लकडाउन भएदेखि यता हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको छ । यो कदमलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन सरकार समक्ष चलचित्र संघले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस