सूचना प्रविधि

विश्वभर गुगलका सम्पूर्ण सेवाहरु अवरुद्ध

google

२९ मंसिर, काठमाडौं । विश्वभर गुगलका सम्पूर्ण सेवाहरु अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन ।

बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित भएका छन् भने ४२ प्रतिशत व्यक्ति भिडियो चलाउनबाट बञ्चित भएका छन् । योसँगै ७५ प्रतिशत जीमेलका प्रयोगकर्ताहरु प्रभावित भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *