समाचार

महाधिवेशन गराएर काँग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छः डा महत

Ram Saran Mahat

२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर काँग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताएका छन् । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा  उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” काँग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो ।

सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उहाँले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए । उनले भने, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो  तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”

कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोलेका थिए । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको ¥याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *