३० मंसिर, काठमाडौं । नोकियाले आफ्नो पहिलो ल्यापटप बजारमा ल्याएको छ । कम्पनीले ईकमर्स कम्पनी फ्लिपकार्टमार्फत नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप सार्वजनिक गरेको हो । यो ल्यापटपको मूल्य ९५ हजार ९८४ रुपैयाँ राखिएको छ ।
दशौं पुस्ताको इन्टेल आई फाइभ क्वाडकोर प्रोसेसर राखिएको यसमा ८ जीबी र्याम तथा ५१२ जीबी एसएसडी तथा १४ इन्चको फुल एचडी एलईडि ब्याकलिट स्क्रिन रहेको छ । विण्डोज टेन ओएसका साथ आएको यो ल्यापटपको प्रि-बुकिङ १८ डिसेम्बरदेखि सुरु हुनेछ ।
यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८६ प्रतिशत र तौल १.१ किलोग्राम रहेको छ । यसमा राम्रो ग्राफिक्सका लागि १.१ गिगाहर्ज टर्बो जीपीयूसँगै इन्टिग्रेटेड इन्टेल यूएचडी ६२० ग्राफिक्स कार्ड समेत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस