समाचार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

bike accident

३० मंसिर, दाङ । पूर्व पश्चिम राजमार्गमा स्थित दाङको राप्ती गाउँपालिका बिजौरीमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार दाडको राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी  ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षिय अनिल चौधरीको मृत्यु भएको हो ।

उपचारको लागी लमही ल्याउँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस