
३० मंसिर, मोरङ । प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ ।
१ लाख ४७ हजार बजार मूल्य बराबरको चिनी र चिनी पल्टी गर्ने ४ जनालाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सोमबार मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ का सुनिल राजबंशीको गोदाम नजिकै बोरामा लुकाएर राखिएको अवस्थामा चिनी बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो चिनी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस