समाचार

पोखरामा एक जना लागूऔषध कारोबारी पक्राउ

min bdr tamang

३० मंसिर, पोखरा । पोखरामा एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागू औषध कारोबारीलाई पक्राउ गरेको हो ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला घर भई हाल पोखरा नगरपालिका १९ बस्ने ३५ वर्षीय मिन बहादुर तामाङको साथबाट लागूऔषध डाईजापाम-३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता कृण बस्यालले जानकारी दिए ।

उनमाथि थप अनुसन्धान भइरहेको बस्यालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस