समाचार

त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना गर्ने आयोगको निर्णय

Shivalal Bhushal

३० मंसिर, काठमाडौं । आदेश पालना नगरेको बताउँदै राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तरपुस्तिका नष्ट गरेका कारण आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिएको थियो । जरिवाना गराउने आदेशमा शिक्षाध्यक्षको नाम उल्लेख छैन । तर, आयोगले आदेश दिएको मितिमा शिक्षाध्यक्ष रहेका प्रा.डा. शिवलाल भुसालले जिम्मेवारी लिनुपर्नेछ ।

आयोगको आदेश त्रिविका शिक्षाध्यक्षले उल्लंघन गरेका कारण कारबाहीको निर्णय भएको आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले बताए । ‘क्वान्टम मेकानिक्स’ विषयका विद्यार्थी आशिष पौडेलको पुनरावेदनमा आयोगले आदेश गरेको थियो । पौडेलले सर्वोच्च अदालतमा समेत रिट दायर गरेका थिए । रिटको जवाफमा त्रिविले उत्तरपुस्तिका धुल्याइसकेको जवाफ पठाएको थियो । सुरक्षित राख्न दिएको आदेशविपरीत धुल्याएपछि आयोगले कारबाही गरेको हो ।

आयोगले ६ चैत ०७६ मा उत्तरपुस्तिकासहितको कागजात संरक्षण गर्न त्रिविलाई आदेश दिएको थियो । २९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश्न सोधिएको बताउँदै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । उक्त परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *