
३० मंसिर, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३५औं प्रज्ञासभा आयोजना गरेको छ ।
प्रतिष्ठान स्थापनाको ६२औं वर्ष पूरा गरी ६३औं वर्ष प्रवेश गरेको र ३५औं प्रज्ञासभा आज काठमाडौंमा बसेको हो । प्रज्ञासभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भइराखेको बताए ।
मन्त्री भट्टराईले विद्धान प्राज्ञहरुको मेहनेत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्ने विश्वास समेत व्यक्त गरे । नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउन समेत उनले आग्रह गरे ।
नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनैपनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको पनि मन्त्री भट्टराईले बताए । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको थियो । प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश गरेको र ३५ औं प्रज्ञासभा आज काठमाडौंमा बसेको हो ।