समाचार

इलाममा वान्तवा भाषामा पठनपाठन हुने

teacher

३० मंसिर, इलाम । इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

जनजाती पत्रकार महासङ्घ इलामका अध्यक्ष राम योङ्हाङले  भाषा संरक्षण र सम्बद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस