समाचार

अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो : रामचन्द्र पौडेल

ramchandra paudel

३० मंसिर, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंशुकतातर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको बताएका छन् ।

नेता पौडेलले संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाएका छन् ।

आइतबार र मंगलबार बिहानको बैठकमा गणपुरक संख्या नपुगेपछि सरकारले अध्यक्षसहित बहुमत सदस्यले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश लाएको छ । नेता पौडेलले सरकारको यो कदमको घोर विरोध गर्ने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस