समाचार

प्रदेश नं १ मा १०६ कोरोना सङ्क्रमित थपिए

corona

३० मंसिर, काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ६७४ को पिसिआर परीक्षणमा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप हुनेमा सुनसरीमा ३४, मोरङमा २४ मध्ये विराटनगरमा १५, झापामा १९, ताप्लेजुङमा १३, इलाममा चार, पाँचथरमा दुई, उदयपुर र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका आठ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेशमा आज ७८ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म सङ्ख्या २३ हजार ९१६ निको भएर घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख एक हजार ९५६ को पिसिआर परीक्षण भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *