समाचार

सालकको खपटासहित एक जना पक्राउ

salko khapat sahit pakrau

३० मंसिर, काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले धादिङ छत्रे देउराली–६ घर भएका २७ वर्षीय सुवास भन्ने सुजन तामाङलाई पक्राउ गरेको हो । गाडी चलाएर जिबिकोपार्जन गर्ने सुबासलाई ग्राहकको भेषका प्रहरीले पक्राउ गरेका हुन् ।

उनको साथबाट ३ फिट ६ इन्च लामो सालकको खपटा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए । परिसरले थप अनुसन्धानका सुवासलाई लागी जिल्ला बन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *