समाचार

महोत्तरीमा जन्ती गएर फर्कने क्रममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

road accident

३० मंसिर, जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्ड अन्तर्गत आज जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

सर्लाहीको बलरा नगरपालिका–९ छतौना गाउँका ललन सिंहको छोरा धीरज सिंह र मनरासिस्वा नगरपालिका–६ का हरिविष्णु सिंहको छोरी पुनिता सिंहको विवाहमा जन्ती भएर आएका राजेशले चढेको बीआर०५पी २०२२ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् गाडी चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस