बैँक / वित्त

रिलायन्स लाईफले नेपाल स्टारको विजेतालाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

reliance life insurance

३० मंसिर, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस