सूचना प्रविधि

डिशहोममा स्टार नेटवर्क अन्तर्गतका सबै च्यानल क्लिनफिड

dishhome star network clean feed

३० मंसिर, काठमाडौं । नेपाल सरकारले लागू गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सम्पूर्ण च्यानलहरु पुनः सुचारु भएका छन् ।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिनफिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिनफिड) सहित प्रसारणमा आएका छन् ।

स्टार नेटवर्कअन्तर्गतका स्टारप्लस एचडी, स्टारगोल्ड एचडी, स्टारभारत एचडी, स्टारमुभीज एचडी, स्टारगोल्ड एचडी, स्टारगोल्ड २, स्टारगोल्ड सेलेक्ट एचडी, स्टार मुभिज, स्टार भारत,स्टार मुभि सेलेक्ट एचडी, स्टार गोल्ड, स्टारपलस एसडी र स्टार उत्सव मुभिज विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस