विश्व/प्रवास

९ जनाको हत्या अभियोगमा जापानका ‘ट्विटर किलर’ लाई दिइयो मृत्युदण्ड

japan twitter killer

१ पुस, काठमाडौं । सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गर्दै ९ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । सन् २०१७ मा पक्राउ परेका ताकाहिरो शिराइसीलाई उक्त हत्या काण्डमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिइएको हो ।

शिराइसी ‘ट्वीटर किलर’ उपनामले कुख्यात बनेका थिए । गत अक्टोबरमा उनले आफूमाथिको अभियोग स्वीकार गरेको जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले हत्या गरेकामध्ये अधिकांश भर्खरका युवती छन् ।

३० वर्षीय अभियुक्तले युवतीहरुलाई ट्वीटरमार्फत साथी बनाउने र उनीहरुलाई आफ्नो घरमा बोलाएर आत्महत्याका लागि प्रेरित गर्ने गर्थे । तनावमा रहेका युवतीहरुलाई सहज आत्महत्याका लागि सघाउने मात्र होइन, कि उनीहरुसँगै आफू पनि मर्ने वाचा उनले गर्थे ।

सन् २०१७ को हालोविनमा प्रहरीले टोकियो नजिक रहेको शहर जामास्थित शिराइसीको फ्ल्याटमा अंगभंग भएको शव फेला परेका थिए । यसअघि उनका वकिलहरुले सम्वन्धित युवतीहरुकै इच्छामा उनीहरुलाई हत्या गरेको भनेर सजाय घटाउनुपर्ने मत राखेका थिए । तर, पछि शिराइसीले उनीहरुको हत्या गरेको स्वीकार गरे ।

अदालतले यस मामलामा पूर्णरुपमा शिराइसीलाई जिम्मेवार ठहर्याएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस