
१ पुस, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालको जीतपुरस्थित कुखुरा फार्ममा आगलागी भएको छ । आगलागीले करिब १५ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका अनुसार स्थानीय दीपक गिरीको प्यारेन्ट कुखुरा रहेको चाँगुनारायण कुखुरा फार्ममा मंगलबार राती आगलागी भएको थियो । फार्मको छाना छ्वालीले छाएको हुँदा आगो तीव्र बनेको प्रहरीले जनाएको छ ।
आगलागीले फार्ममा पालिएका २ हजार ७ सय प्यारेन्ट कुखुरा जलेर नष्ट भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार प्रहरी, स्थानीय वासिन्दाले करिब एक घन्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस