बैँक / वित्त

राजधानीका तीन स्थानमा एकैपटक मेगा बैंकका एक्सटेन्सन काउन्टर संचालनमा

mega bank counter

१ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७ नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिन देखि सञ्चालनमा आएका छन् ।

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस