१ पुस, काठमाडौं । हिमालयन बैंकले मर्जरबारे हालसम्म कुनै पनि निर्णय नभएको स्पष्टीकरण दिएको छ । सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै बैंकले मर्जरको छलफलका लागि उपसमिति गठन मात्र गरेको जानकारी दिएको हो ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा बैंकको सञ्चालक समितिले सञ्चालक सुनीलबहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको उल्लेख छ । बैंकले भनेको छ, “नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिअनुसरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको हो ।”
बैंकका अनुसार सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथ-साथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस