मनोरञ्जन ताजा समाचार

युट्युवमा विपिन र बर्षाको सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (भिडियो)

Jatrai jatra full movie

१ पुस, काठमाडौं । फिल्म ‘जात्रै जात्रा’ युट्युबमा आएको छ । गतवर्षको हलमा रिलिज भएर सुपरहिट बन्न सफल यो फिल्म हाल युट्युबमा पनि राम्रो दर्शक पाइरहेको छ ।

गत १४ डिसेम्बर अर्थात सोमबार युट्युवमा आएको फिल्मले अहिलेसम्म १३ लाख बढी भियज पाएको छ । २६ हजार बढी लाइक र एक हजार बढी डिसलाइक पाएको फिल्मलेलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

समीक्षक हिसावले राम्रो मानिएको फिल्ममा विपिन कार्की , दयाहाङ राई, रविन्द्रसिंह बानिया, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता तथा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् ।  शिवराम श्रेष्ठको छायाँकन, मित्र डि.गुरुङले सम्पादन रहेको फिल्म षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस