सूचना प्रविधि

नेपाल स्टारका प्रतिस्पर्धीलाई अब स्प्यारो एसएमएसबाट भोट गर्न सकिने

nepal star

१ पुस, काठमाडौं । लोकप्रिय टेलिभिजन गायन रियालिटी सो नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धीलाई अब स्प्यारो एसएमएसबाट भोट गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले कि एडभर्टाइजिङसँगको सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएको हो ।

नेपाल स्टार नेपालको गायन छनौट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीको प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको छ। प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् ।

आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्न आफ्नो मोबाइलको म्यासेज बक्समा NS <Voting Code>टाईप गरि 33001 मा पठाउनु पर्ने छ । स्प्यारो एसएमएसले  एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस