समाचार

रुपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Death Body

१ पुस, रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह की २३ वर्षीय सम्झना चाँइको आफ्नै घरको कोठामा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएको छ ।

करेन्ट लागेपछि आगलागीबाट दराजभित्रको कपडा, सुत्ने ओछ्यान लगायतका वस्तुहरू जलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस