खेलकुद समाचार

सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

dejong

२ पुस, काठमाडौं । बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना २–१ गोलले विजयी बन्यो ।

जीतसँगै बार्सिलोना आठौँ स्थानबाट पाँचौमा उक्लिएको छ भने सोसिडाडलाई गोलअन्तरको आधारमा उछिन्दै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा पुगेको छ ।

विलियन जोसेले सोसिडाडलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, लगत्तै जोर्डी आल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा फ्रांकी योङले बार्सिलोनालाई अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । एन्टोनी ग्रिजमानको एउटा प्रहार पोष्टमा लाग्यो भने अर्कोपटक खाली पोष्टमा गोल गर्नबाट चुकेका थिए ।

एथ्लेटिको म्याड्रिड, रियल सोसिडाड र रियल म्याड्रिको शीर्ष स्थानमा समान २६ अंक रहेको छ भने बार्सिलोना मात्र ६ अंकले पछि रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस