विश्व/प्रवास

श्रीलंकामा एमसीसी सम्झौता रद्द

MCC

२ पुस, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको हो ।

यो हप्ता बसेको एमसीसीको बोर्डको बैठकमा श्रीलंका बोर्डमा थियो । यस अगाडिको सरकारले ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो ।

श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस