बैँक / वित्त

नेपाल बैंकले गर्यो १६ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

Nepal bank

२ पुस, काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो ।

बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको हो । प्रस्तावित लाभांशलाई राष्ट्र बैङ्कले स्वीकृत गरेर साधारणसभाबाट अनुमोदन गराएपछि वितरण गर्न योग्य हुनेछ । हाल नेपाल बैङ्कको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ ।

यसमध्ये बैङ्कले १ अर्ब ८० करोड रुपैंया बराबरको लाभांश दिन लागेको हो । यसमध्ये ४५ करोड रुपैयाँ नगद लाभांश हुनेछ भने बाँकी बोनस शेयर हुनेछ । यो लाभांशपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड भन्दा माथ पुग्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस