समाचार

ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा तरंग

KP oli

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तरंग उत्पन्न भएको छ । नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुअघि नै बैठक बोलाइएपछि तरंग उत्पन्न भएको हो ।

अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि बिहीबार साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसअघि नै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा संशय पैदा भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस