बलिउड / हलिउड

हनिमुन मनाउन कश्मीरमा श्वेता र आदित्य

aditya narayan shweta agarwal

२ पुस, काठमाडौं । गायक आदित्य नारायण झा र श्वेता अग्रवाल हनीमुनमा लागि भ्रमणमा निस्किएका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरु काश्मीर गएका छन् । उनीहरुले हनीमुन ट्रिपको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

आदित्यले कश्मीरको बजारबाट पनि एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य ज्याकेट र चस्मामा देखिएका छन् भने श्वेता पिंक कलरको स्वीटर र रातो कलरको ह्याटमा सुन्दर देखिएकी छन् । तस्बिर शेयर गर्दै आदित्यले लेखेका छन् ‘हनीमुन शुरु, पृथ्बीमा स्वर्गको दर्शन, कश्मीरमा पहिलो पटक’ । फ्यानले तस्बिरलाई लाइकको समेत वर्षा गरेका छन् ।

आदित्य र श्वेताले गत १ डिसेम्बरमा विवाह गरेका थिए । उनीहरुको विवाहको तस्बिर तथा भिडियो अहिले सामाजिक संजालमा भाइरल समेत भइरहेका छन् । दुबैले विवाहमा समेत मस्ती गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *