
२ पुस, धनगढी । धनगढी उपमहानगरपालिका भित्रका भूमिहिन सुकुम्बासीलाई जग्गा हस्तान्तरण गरिने भएको छ । उपमहानगरपालिका र भूमिसम्बन्धि समस्या समाधान आयोगबीच जग्गा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उपमहानगरपालिकाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरिने जनाएको छ । उपमहानगरपालिकाले कानूनमा व्यवस्था भएअनुसार स्थानीय तहको सहजीकरण समितिले आजबाट काम थालेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।
नगरमा रहेका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने उनले बताए । काम गर्नका लागि उपमहानगरपालिकामा नै छुट्टै एकाइ गठन गरेर काम थालिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस