समाचार

निकुञ्ज क्षेत्रमा भालुको आक्रमणबाट तीन जना घाइते

bear attack

२ पुस, रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पु¥याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो । भालुले घाइते बनाएका तीनैजना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ ।

यसैबीच लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा गैह्रकानूनी तवरले चोरीका घटना भने फाट्टफुट्ट भइरहेका छन् । चालू आवमा अनुमति विना अवैध तरिकाले जडीबुटी सङ्कलन गर्ने चार र काठ काट्ने एकसमेत पाँच जनालाई नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको र वन जङ्गलको सुरक्षामा नेपाली सेना कालिजङ्ग गणको योगदान महत्वपूर्ण रहेको निकुञ्जले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *