बैँक / वित्त

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

mbl fund

२ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा ०७७ पुस २ गते होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयर धनीहरुलाई हालको चुक्तापूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बताइएको छ । जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट बैंकले सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रुपैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपै‌या संचित रहेको बैंकले बताएको छ ।

१६० वटा शाखा, १४१ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा ३०१ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, देशभर २०० वटा एटीएमहरु मार्फत बैंकले सेवा प्रदान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस