समाचार

मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव, धेरै काम रोकिए

karnali prades

२ पुस, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले कर्णालीका पत्रकारसँगको भेटघाटमा कार्यक्रममा आज कर्मचारी अभावले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताए । “हामीसँग छ जना उपसचिवको दरबन्दीमा एक जना उपसचिव मात्र हुनुहुन्छ”, उनले भने, “अधिकृतलगायतका अन्य कर्मचारीको पनि त्यस्तै अभाव छ, जसका कारण धेरै काम रोकिएका छन ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कर्णालीमा भएका कर्मचारी अभावको समस्या समाधानका लागि कर्णाली प्रदेश लोकसेवा आयोग गठन गरी तत्काल विज्ञापन खोल्ने कार्य अगाडि बढाउने तयारीमा सरकार लागेको मल्लले जनाए ।

सरकारले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई समेत अघि बढाएको जनाउँदै उनले सरकार र सरोकारवाला सबै पक्षसँग समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजाने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस