बैँक / वित्त

नेपाल बैंक लिमिटेड र रत्ननगर नगरपालिका बीच सम्झौता

nepal bank and ratnanagar aggrement

२ पुस, काठमाडौं । नेपाल बैंक लिमिटेड एवम् चितवनस्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । रत्ननगर नगरपालिका एवम् नेपाल बैंक लिमिटेडबीच ‘नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न सम्झौता भएको हो ।

त्यसैगरी, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले रत्ननगर नगरपालिका र नेपाल बैँक बीच उक्त सम्झौता भएको हो ।

संझौतामा नेपाल वैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर  नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वन वाट हस्ताक्षर गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *