बैँक / वित्त

सन्‌राइज बैंकको ५५औं शाखारहित बैंकिङ सेवा झापाको कुलेचोकमा

sunrise branch

२ पुस, काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ ।

बैंकले भद्रपुर नगरपालिका वडा नं १, पृथ्वीनगर–कुलेचौकमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री गौरव लुईंटेललार्ई नियुक्त गरेको छ । बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा भद्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दशरथ प्रधानको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौला, भद्रपुर शाखाका शाखा प्रबन्धक भिषण निरौला र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सक्नेछन् । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस