विश्व/प्रवास

फ्रान्सका राष्ट्रपति म्याक्रोलाई कोरोना संक्रमण

macron

२ पुस, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज त्यसबारे राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनलाई आरटी पीसीआर परीक्षण गरेपछि सो कुराको पुष्टि भएको हो । तर उनलाई के कस्ता लक्षण देखिएको छ र त्यो कहिलेदेखि लक्षण देखिएको थियो भन्नेबारे कुनै कुरा खुलाइएको छैन ।

राष्ट्रपतिले आगामी सात दिनसम्म आइसेलेसनमा रहेर काम गर्ने जनाइएको छ । फ्रान्सले कारोनाभाइरसविरुद्ध लगाइरहेको लकडाउन क्रिसमसको पूर्वसन्ध्यामा हटाउने तयारी गरिरहेको बेलामा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस