समाचार

आजबाट सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली हट्यो

new road

३ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाईएको जोर बिजोर प्रणाली शुक्रबार (आज) देखि हटेको छ ।

सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले आजबाट लागू हुनेगरी सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।

सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस