३ पुस, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाका अनुसार नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको छ ।
यसैगरी, शुक्रबार दिउँसो प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ । भने, शुक्रबार राति प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, शनिबार राति देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, आइतबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, आइतबार राति प्रदेश नं १ र लुम्विनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।